cricket, conscious mind & subconscious mind (क्रिकेटमा कसरि सफल हुने?)

आधुनिक बिज्ञानबाट खोजि गरिए अनुसार हाम्रो मन दुइ प्रकारको हुन्छ – चेतन मन (conscious mind) र अबचेतन मन (subconscious mind), चेतन मन जसको प्रयोग हामि १% देखि १५% सम्म उपयोग गर्छौ बाकी अरु शक्ति ८५% देखि ९०% अबचेतन मनमा हुन्छ

१)चेतन मन (conscious mind) –

 हाम्रो  Active Mind जस्लाई हामि हाम्रो  सक्रीय अवस्था भन्छौ। जसलाई हामी हाम्रो सोच विचार तर्कले कुनै पनि निर्णय लिन्छौ र आफ्नो काम गर्छौ ।
जब कुनै काम पहिलो चोटी सिख्छौ  या गर्छौ  तब हामी धेरै सचेत भएर गर्छौ हामि डराई रहेको हुन्छौ। जस्तो उदाहरणको लागि  हामि पहिलो चोटी ड्राइविंग हाम्रो ध्यान  हाम्रो गाडीमा हुन्छ ब्रेक कहाँ छ? एक्सेलेटर कहाँ छ? गिअर कहाँ छ? अरु कहिँ हुदैन हाम्रो चेतन मनलाइ  Adjust गर्न गार्हो हुन्छ। यसैले कुनै काम पहिलो पटक गर्दा हामि  confused र डराएको हुन्छौ । यसरी हाम्रो चेतन मन ले काम गरि रहेको हुन्छ।जे कुरा हामि संग भइ रहेको छ जे कुरा हामि अहिले देखि रहेको छौ,महसूस गरि रहेको छौ। यो  सब चेतन मनको उदाहरण हो ।

 २)अवचेतन मन (Sub Conscious Mind)-

जब हामि गाडी चलाउन सिखी सकेको हुन्छौ तब कार चलाउदा चलाउदै Phone मा कुरा गर्ने,गाना सुन्दै कुदाउन थाल्छौ ।यो सब काम एक साथ  बिना झिझक गर्दछौ,किन कि यो सब काम हाम्रो अवचेतन मनबाट हुदछ ।
हाम्रो अबचेतन  मनले जुनसुकै कुरा जान्दछ या बिस्वास गर्दछ चाहे त्यो गलत होश या सहि Positive होस या Negative हाम्रो  अवचेतन मनले त्यसलाइ बास्तबिकतामा ढाली दिन्छ ,हाम्रो अबचेतन मनले सोच बिचार तर्क गर्न सक्दैन।हाम्रो समझ हाम्रो  मान्यताको सीधा असर अवचेतन मनमा हुन्छ ,हाम्रो सफलता हाम्रो असफलताको सीधा connection अवचेतन मनबाट नै हुन्छ। अवचेतन मन एउटा बच्चा जस्तो हुन्छ जस्तो बनाउन चाहन्छौ तेही रुपमा ढल्दछ ।
अबचेतन मन एउटा program जस्तै हो जसलाई operating हाम्रो चेतन मन (conscious mind)बाट हुन्छ ।
हाम्रो सफलता,लक्ष्य प्राप्ति वा हाम्रो सम्पूर्ण विकासको लागि हाम्रो अवचेतन मन (Sub Conscious Mind) जिम्मेदार हुन्छ ।

subconscious-mind

३) क्रिकेट , चेतन मन, अबचेतन मन (cricket, conscious mind, subconscious mind) 

how-to-train-subconscious-mind

मानोबिज्ञान र मानोविश्लेषकहरुको अनुसार जब कुनै सोच बिचार हाम्रो मन सम्म पुग्छ तब त्यसले मस्तिष्कको कोषिकाहरुमा आफ्नो छाप छोड्छ। हाम्रो अबचेतन मन गिलो माटो जस्तै हुन्छ, राम्रो नराम्रो सोच बिचारलाइ स्वीकार गर्छ र त्यसलाई आकार दिदै जान्छ । नकारात्मक विनासकारी वा सकारात्मक सृजनशिल बिचार सोचहरु अबचेतन मनमा बिरुवा हुदै वृक्षको रुपमा परिणत हुन्छ । त्यस्तै हामि क्रिकेटमा पनि अभ्यास (practice) मा हामि जस्तो खेल्छौ अबचेतन मनले त्यस लाई बिरुवाबाट वृक्ष बनाउदै जान्छ।

कुनै कुनै बेला हाम्रो व्याटबाट यस्तो shot निकलिन्छ जो ४ या ६ हुन्छ जुन shot स्वयम् त्यो batsman लाइ  बिश्वास हुदैन। यस प्रकारको shot या moments हरु हाम्रो अबचेतन मनले गर्दछ । बास्तवमा कुनै पनि म्याच भरि धेरै त्यस्ता घटनाहरु भइ रहेको हुन्छ जुन अबचेतन मनले गरेको हुन्छ । हामि बलमा focus गरि रहेको हुन्छौ र अकस्मात बल आउछ र तत्काल केहि नसोची हामि प्रतिक्रिया गर्छौ । खेल्दै जादा हामि सोच्ने गर्छौ मेरो सरिरले यती छिटो प्रतिक्रिया कसरी गर्यो ? किन गर्यो ?र सधै सरीरले यसरी प्रतिक्रिया गरे कति राम्रो हुन्थियो ।

क्रिकेटमा technique सम्पुर्ण कुरा हुदैन eye hand coordination पनि महत्वपूर्ण कुरा हुन्छ । जब batsman ले  ब्याटिंग गरि रहेको हुन्छ उसलाई बल आइन्जेल कसरि खेल्ने भनेर  सोच्ने समय नै हुदैन। तत्काल त्यो बललाइ खेल्नु पर्ने हुन्छ या प्रतिक्रिया दिनु पर्ने हुन्छ । जस्तै हामि कुनै तातो चिजमा हात गयो भने  तत्काल हात तान्छौ। कुनै चिज जमिनमा झर्दै छ भने पनि जमिनमा झर्नु अघि पकड्न खोज्छौ जुन कुरा सोच्नु भन्दा अगाडी सरिरले गर्छ । अझ बलरले आफ्नो follow through मा यस्तो क्याच पकड़छ जुन बलर आफैले बिश्वास गर्दैन ,यस्तै अनुभव  स्लिपको fielder लाई पनि धेरै चोटी हुन्छ।

हामिले याद गर्नु पर्ने कुरा के हुन्छ भने उच्च श्रेणीको क्रिकेटमा batsmanलाइ बलमा  प्रतिक्रिया गर्ने  समय केवल ०.४ second हुन्छ । बललाइ छोड्ने होकी ६ वा  ४ हान्ने हो यो ०.४ second भित्र गर्नु पर्ने हुन्छ ।

तेसैले जब हामि नेटमा अभ्यास गर्छौ हाम्रो movement specific हुनु पर्छ। drills साधारण हुनु पर्छ तर movement धेरै specific हुनु पर्छ। जुन drills हरु अबचेतन मन मा छाप बनोस। अभ्यासको समय batsman को लागि महत्वपूर्ण हुन्छ, हाम्रो technique सुधार्न र muscle memory ब्यबस्थित गर्न । आधुनिक क्रिकेटमा हामि देख्न सक्छौ धेरै प्रकारक नया shot हरुको अविस्कार भएका छन्। ती shot हरु एकै दिन एउटा खेलबाट निक्लिएको हैन। त्यसको लागि घन्टौ अभ्यास गरेर त्यो shot लाइ अबचेतन मनमा बिरुवाबाट वृक्ष बनाएर मात्र प्रयोगमा ल्याइएको हुन्छ । भनिन्छ १०००० हजार  घण्टा deliberately कुनै चिजको अभ्यास गर्दा हामि पर्फेक्ट हुन्छौ। यानी चेतन मन बाट बारम्बार अबचेतन मन मा अभ्यासलाइ store गर्दै लानु पर्छ।

यद्धपि नेट practice र game situation मा आकाश जमिनको फरक हुन्छ र आजको आधुनिक क्रिकेटमा match scenario practice निकै effective हुन्छ । तर कुनै पनि technique, कुनै पनि movement, कुनै पनि नया shot लाइ हामि ले नेट बाट नै चेतन मन हुदै अबचेतन मनमा उतार्नु पर्ने हुन्छ । बलरको starting run-up देखि gather र release सम्म (release time मा head still) चेतन मनले अबचेतन मनलाइ  “watch the ball” “watch the ball” भन्ने संदेश पठाई रहनु पर्ने छ। किन कि अबचेतन मन (subconscious mind) ले muscle memory लाइ संचालन गर्दछ र बलमा focus रहन मद्धत गर्दछ।

यो लेख बिभिन्न पुस्तक, इन्टरनेट र आफ्नो केहि ज्ञानहरुबाट लेखिएको हो…..धन्यबाद

 WRITER-

 MANOJ KATUWAL  

http://www.facebook.com/katuwal39

COACH OF NEPAL POLICE CRICKET TEAM

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s