क्रिकेटमा अन्तर्राष्ट्रिय हस्तक्षेप, दोषी को ? –

[क्रिकेटमा अन्तर्राष्ट्रिय हस्तक्षेप, दोषी को ? -] is good,have a look at it! http://www.ghatanarabichar.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/

निलम्बन र नेपाल क्रीकेट

नेपाल क्रीकेट संघ र राखेपको तदर्थ समितीलाइ हालै ICC ले निलम्बन गरेको छ। क्रीकेटमा कुनै पनि किसिमको सरकारि हस्तक्षेप अस्वीकार्य हुने जानकारी दिदै नेपाल क्रीकेटको सम्भावनाको देश हुदहुँदै पनि यो निर्णय लिनु परेको ICC को भनाइ छ।
  जिम्बाबे र श्रीलंकामा भएको सरकारको राजनैतिक हस्तक्षेपको कारण त्यहाँको क्रीकेट बोर्ड लगभग ध्वस्त हुने संघारमा पुगेको थियो। जिम्ब्वाबेमा त अझ सरकारि पक्षलाई सहयोग नगर्नेलाइ ज्यान मार्ने धम्की नै आउन थाल्यो। फगत त्यहाँबाट धेरै क्रीकेटरहरु पलायन भए। heath streak ले जिम्ब्वाबे क्रीकेटलाई राजनीतिले समसान घाट पुर्याइसकेको र श्रद्धाञ्जली दिन मात्र बाकी छ भनेका थिए। जिम्ब्वाबे क्रीकेटको सबै भन्दा ठुलो राजनैतिक हस्तक्षेपको असर त्यहाँको कप्तान ताइबुले ब्यहर्नु पर्यो ।ज्यान सहित सर्वस्व गुमाउने धम्की आए पछि क्रीकेटदेखि निराश भएर अन्तिममा त्यहाँको गिर्जाघरमा भगवानको सेवा गरेर बस्ने निर्णय गरे।
   तेस्तै श्रीलंका क्रीकेटमा पनि राजनैतिक हस्तक्षेपको पराकाष्ठ नै पार गर्ने स्तिथी भैसकेको थियो। ११ बर्षमा सरकारले ९ पटक तदर्थ समिती बनायो । उक्त तदर्थ समितिको सबैभन्दा ठुलो असर खेलाडी छनौटमा देखा पर्न थाल्यो । खेलाडीहरु सिधै मन्त्री र सभासदको सिफारिसमा टोलिमा छनौट हुन थाले। छनौटकर्ता कागजमा मात्रै सिमित हुन पुगे। खेलाडीहरु पनि राजनैतिक पार्टीसंग नजिक रहनु नै टोलिमा ठाँउ पाउनु हो भन्ने बिश्वास लिन थाले। सरकारि र राजनैतिक हस्तक्षेपले श्रीलंका क्रीकेटलाई अन्योलमा पर्ने देखे पछि ठुलो खेलाडीहरु यसको बिरोधमा क्रमशः अवाज उठाउन थाले ।अन्त्यमा ICC ले नै सरकारि हस्तक्षेप बन्द नभए ICCले दिने सम्पुर्ण पैसा रोक्ने निर्णय हुन सक्ने भन्दै चिट्ठि पठाएपछी  तेहाको रास्ट्रिय खेलकुद परिषदले अभिभावकको भुमिका खेल्दै चुनाबी प्रक्रियालाई नै मान्यता दियो।
   जिम्ब्वाबे र श्रीलंकाबाट बिगतमा माहान र चर्चित खेलाडीहरुको उत्पादन गर्न सफल भएको थियो। तर २/४ बर्षको सरकारि हस्तक्षेपले क्रीकेट १०/१२ बर्ष पछाडि धकेलिएको छ। जिम्ब्वाबेलाई त क्रीकेटको राजनैतिक डढेलोले खरानीनै बनायो।
   येस्तै समस्याले हाल हाम्रो रास्ट्रको बामे सर्दै गरेको क्रीकेटमा देखा पर्दै छ। हाम्रो मुलुक अरु जस्तो टेस्ट खेल्ने रास्ट्र जस्तो पनि छैन। हामी भर्खरै विश्वकप खेल्न छनौट प्रक्रियामा छौ। क्रीकेटमा अथाह सम्भावना पनि बोकेको छ हाम्रो मुलुकले। २०/२० विश्वकपमा उपस्थिति जनाइसकेको छ। उमेर समुहको क्रीकेटमा हामी अन्य रास्ट्र भन्दा कमजोर कदापी छैनौ।
   यो स्तिथीबाट हेर्दा अबको बाटो भनेको सम्रचनाको बिकास, घरेलु क्रीकेटको बिकास, उमेर समुहको क्रीकेटको योजना, मैदान, रंगशालाको निर्माण आदि कुराहरुमा बिशेष जोड दिने बेला छ। क्रीकेट क्षेत्रमा हामी भन्दा धेरै पछाडि आएको अफगानिस्तान हाम्रो तुलनामा धेरै राम्रो छलाङ लगाइसकेको छ। अझ यो निलम्बनले कति बर्ष पछाडी धकेल्ने हो अनुमान लगाउनु गार्हो छ। निलम्बनले नेपाली खेलाडीहरुले खेल्न पाए पनि निश्चित रुप मा घरेलु क्रीकेटमा, उमेर समुहको क्रीकेटमा र सम्रचना बिकासमा गहिरो असर गर्ने नै छ। क्षेत्रीय क्रीकेट प्रतियोगिता सुन्यतामा फर्किने छ। नयाँ प्रतिभाहरुको अवसर गुम्ने छ। राजनैतिक र सरकारि हस्तक्षेपका कारण देशको जनकपुर चुरोट कारखाना, सिमेन्ट उध्योग, बिराटनगर जुटमिल, चिनी कारखाना आदि इत्यादी हरुको आजको स्तिथीबाट हामी सबै अवगतनै छौ। सरकारी हस्तक्षेप हरेक कुरामा निकाशको लागि हुनु पर्छ, बिकाशको लागि हुनु पर्छ। बिनासको लागि हैन।
   राखेप र खेलकुद मन्त्रालय नेपालको हरेक रास्ट्रिय खेलकुद संघहरुको संरक्षक हो सम्बर्द्धक हो, समस्या होइन। रास्ट्रिय संघहरुको समस्याहरुको निकाश दिनु पर्छ।उनीहरुको योजनाहरु लाई सहि दिशा दिनु पर्छ।
   अहिले आएर चुनाबी क्यानले पनि प्रजातान्त्रिक प्रक्रियाबाट समस्याको समाधानको लागि छलफल गर्न आबहान गरि रहेको छ।अब पालो राखेपको छ। साढेको जुधाइमा बाच्छाको मिचाइ त हुन्छ नै साथै अप्राकृतिक तत्वहरुको रजाइ नहोश नेपाल क्रीकेट। अहिले धेरै अराजक तत्वहरु पानी धमिलो बनाएर षडयन्त्रका लागि सलबलाइ रहेका छन। राखेप साच्चिकै अभिभावक हो भनेर सिद्ध गर्ने बेला भएको छ। निर्बाचन लोकतन्त्रको सुन्दर उपहार हो। नेपाल क्रीकेट ६० बर्ष पश्चात् चुनाबी प्रक्रियालाई अंगालेर लोकतान्त्रिक अभ्यासको सुरुवात गर्दा गर्दै घाटि दबाएर स्वास प्रश्वास बन्द गर्न खोज्नु अत्यन्त निन्दनीय र दु:खदाइ छ।
   आज २१ औ शदाब्दीमा त्यो पनि लोकतान्त्रिक मुलुकमा टीका प्रक्रिया नै सहि हो भन्ने हो भने हाम्रो क्रीकेट अर्को जिम्बाबे बन्न सक्दैन भन्न सकिन्न।

***।लेखक नेपालकोभुतपुर्व अन्तर्राष्ट्रिय खेलाडी हुन।***

image